काठमाडौं। बेलारुसले प्रमुख विपक्षी नेतृ मारिया कोलेस्निकोभासहित १२३ राजनीतिक कैदी रिहा गरेको छ। अमेरिकाले बेलारुसमाथि लगाइएका केही प्रतिबन्ध हटाउन सहमति जनाएपछि यो कदम चालिएको हो। बीबीसीका अनुसार, यो रिहाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बेलारुसका लागि विशेष दूत जोन कोलसँग मिन्स्कमा भएको वार्तापछि सम्भव भएको हो। रिहा हुनेमध्ये नोबेल शान्ति पुरस्कार विजेता एलेस बियालियात्स्की पनि रहेका…