काठमाडौं । सन्तानका लागि जन्मदिने आमा कहिले पनि बूढी हुँदिनन् भन्ने उदाहरण एउटा निर्वाचन प्रचारमा देखिएको छ । जतिसुकै धेरै सन्तान जन्माएकी भए पनि ती आमा सबैलाई बराबरी माया बाँडिरहेकी हुन्छिन् भन्ने विश्वास त बलियोसँग बनेकै छ । दक्षिण कोरियाकी एकजना ९२ वर्षकी आमाले आसन्न निर्वाचनमा उम्मेदवार बनेका छोराको प्रचारमा आफैं मैदानमा उत्रिएर सघाईरहेकी छन्…