ढाका। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई पुरबचल न्यु टाउन प्रोजेक्टमा भएको प्लट बाँडफाँट अनियमिततासम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ढाका अदालतले कारावासको सजाय सुनाएको छ। भ्रष्टाचार नियन्त्रण आयोग (एसीसी)का अनुसार हसिनामाथि हालसम्म चार वटा भ्रष्टाचार मुद्दामा दोष प्रमाणित भइसकेको छ। अदालतले राजधानी विकास प्राधिकरण (राजुक) अन्तर्गत डिप्लोमेटिक जोनमा अवैध रूपमा प्लट प्राप्त गरेको ठहर गर्दै हसिनासहित उनकी…