काठमाडौं । बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । सामाजिक संजालमार्फत अभिनेत्री पादुकोणको गर्भावस्थाबारे जानकारी दिइएको हो । दीपिकाले इन्स्टाग्राम पोस्टमा मिति उल्लेख गर्दै लेखेकी छन्- सेप्टेम्बर २०२४ । पोस्टमा दीपिकाले पति रणवीरलाई पनि ट्याग गरेकी छिन् । उक्त पोस्टको ग्राफिक्समा शिशुको लुगाफाटो चित्रण छ…