काठमाडौं । फ्रान्समा दंगा भड्किएको छ । १७ वर्षीय नाहल एमको प्रहरीले हत्या गरेपछि मंगलवारबाट फ्रान्स तनावग्रस्त बनेको हो । प्रहरीले अहिलेसम्म १ हजार ३ सय बढिलाई पक्राउ गरेको छ । दंगामा परेर २ सयभन्दा बढी प्रहरी अधिकारी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । पेरिसको नानतेरेमा बस्ने नाहललाई मंगलबार बिहान ट्राफिक प्रहरीले रोक्दा नरोकिएपछि…