विराटनगर । लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाइकन विद्युत महशुलको विषयलाई लिएर विद्युत प्राधिकरणले उद्योगहरुको उत्पादन ठप्प हुनेगरी विद्युत लाइन काटिएको सम्वन्धमा उद्योगीहरुले ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले बिहीबार विज्ञप्ति जारी गर्दै उद्योगहरुमा विद्युत आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा कस्तो सन्देश जाला भनेर प्रश्न उठाएका छन् । उत्पादन ठप्प हुँदा रोजगारी, राजश्व…