रामेछाप । सामुदायिक विकास समाज (सीडीएस)ले रामेछापको खाँडादेवी गाउँपालिकामा युवालाई सिप सिकाउने, बजारमा बिकाउने र सकेसम्म गाउँमा नै टिकाउने अभियान सुरु गरेको छ । समाजले गाउँपालिकाका युवालाई स्वरोजगार बनाई श्रम बजारमा बिक्ने बनाउन स्वरोजगार मूलक तालिम सञ्चालन गरिरहेको सीडीएसका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले बताए । गाउँपालिकासँगको समन्वय तथा विभिन्न साझेदार संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा…