काठमाडौं – बेलायतमा मुख्यालय रहेको आईटी कन्सल्टिङ र साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपाल अहिले एक निर्णायक मोडमा उभिएको र देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण अत्यावश्यक भएको बताएका छन् । आइतबार ललितपुरमा आयोजित ‘लीडर्स डायलग अन डिजिटल कमोडिटी ग्रोथ’ कार्यक्रमलाई सम्बोधन गर्दै फुयाँलले भने, “नेपाल उद्योग वाणिज्य महासंघ अब ‘आवाजहरूको…