काठमाडौं । सरकारले काभा महिला भलिबल नेसन्स लिनमा उपविजेता बन्दै पदक जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टोली, प्रशिक्षकहरु, व्यवस्थापक र फिजियोथेरापिस्टलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । गत साउन ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई सम्मान गरेको हो । सरकारले १४ जना खेलाडीहरुलाई जनही…