काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट चौथो चरणका खेलहरु हुँदैछन् । चौथो चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेण्ड्स क्लबको सामना गर्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनको १ बजे हुनेछ । आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ । यो खेल साँझ पौने ५ बजे सुरु हुनेछ…