काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीको अपराजि यात्रामा लिभरपुल तगारो बनेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले सिटीलाई १–० ले पराजित गर्यो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई खेलको ७६औं मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरे । उनले गोलरक्षक एलिसनले रिलिज गरेको लामो प्रहारलाई उत्कृष्ट नियन्त्रण लिँदै गोल गरेका थिए । रेफ्रीमाथि अभद्र ब्यवहार…