Logo

खेलकुद

खेलकुद विकास समितिको अध्यक्षमा विक्रम बाँठा मगर सर्वसम्मत चयन



रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाको खेलकुद विकास समितिको अध्यक्षमा विक्रम बाँठा मगर सर्वसम्मत चयन भएका छन । माघ १७ गते बसेको कार्यपालिका बैठकले बाँठा मगरलाई सर्वसम्मत रूपमा चयन गरेको परिवर्तन गाउँपालिकाका प्रवक्ता हरि प्रसाद बुढा मगरले जानकारी दिए ।

बाँठा मगर रोल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष तथा लुम्बिनी प्रदेश आईटीएफ तेक्वान्दो संघका सचिव समेत हुन । बाँठा मगरको कार्यकालमा खेलकुद मैत्री गाउँपालिका बन्नेमा परिवर्तन गाउँपालिकाले अपेक्षा समेत राखेको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : १९ बजे