काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ । अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न यो खेल नेपाललाई जित्नैपर्ने दबाब छ । तर जीतले मात्र पनि पर्याप्त हुँदैन । नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ…