काठमाडौं । भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आट्र्स च्याम्पियनसिपमा खेल्ने भएका छन् । प्रतियोगिता अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा हुनेछ । वल्र्ड फाइटिङ मार्सल आट्र्स फेडरेसनको आयोजनामा हुने प्रतियोगितामा भूपेन्द्रले ३ विधामा प्रतिस्पर्धा गर्ने छन् । उनले छाङ छ्वान, ताइची र म्युजिकल फम्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । अमेरिकामा भूपेन्द्रले दोश्रोपटक खेल्न लागेका हुन्…