काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण खेल फिलिपिन्सँग खेल्दै छ । रिजल मेमोरियल स्टेडियममा हुने नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ । नेपाल आज बलियो टोली फिलिपिन्सलाई हराउने योजनामा रहेको छ । नेपाल र फिलिपिन्सबीचको यो सातौं भेट हो । यसअघि नेपालले फिलिपिन्ससँग ६ पटक खेलिसकेको छ…