Logo

खेलकुद

लिग टू : नामिबियाले नेदरल्याण्ड्सलाई दियो २०४ रनको लक्ष्य


११ फाल्गुन २०८०, शुक्रबार  

138
Shares

काठमाडौं । आइसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत एक दिवसीय खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ ।

 त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित समयभन्दा ढिला गरी सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो ।

टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा सवै विकेट गुमाएर २०३ रनमात्रै बनाउन सक्यो ।

नामिबियालाई रोक्ने क्रममा नेदरल्याण्ड्सका भिभियन किंग्माले तीन तथा आर्यन दत्त, रोलेफ भान डेरले दुई दुई विकेट लिँदा सिराज अहमद, र बास डि लिडले एक एक विकेट हात पारे ।

नेदरल्याण्ड्सविरुद्ध नामिबियाको सुरुआत राम्रो भएन । टिमको स्कोर १ रन हुँदा नामिबियाले पहिलो विकेट गुमाएको थियो । उसका निकोलस डाभिन खाता नै नखोलेर पभेलियन फर्किए ।

त्यसपछि दोस्रो विकेट मिचेल भान लिनगेनको रुपमा नामिबियाले गुमायो । दोस्रो विकेट गुम्दा ६.१ ओभरमा ३३ रन बनाएको थियो । मिचेल २१ बलमा दुई चौकाको मद्दतले १० रन बनाए ।

तेस्रो विकेटको रुपमा कप्तान जेरार्ड एरास्मस पभेलियन फर्किएका थिए । उनी २२ बलमा १२ रन जोडेर आउट भएका हुन् । कप्तान आउट हुँदा नामिबियाले १३.५ ओभरमा ६२ र न बनाएको थियो । चौथो विकेटको रुपमा ओपनर मलान क्रुगर आउट भए । क्रुगरले ४८ बलमा ३९ रनको पारि खेल्दा पाँच चौका हिर्काएका थिए ।

लगत्तै पाँचौं विकेटको रुपमा जेजे स्मिथर खाता नखोली आउट भएका थिए । उनी पहिलै बलमा आउट भएका हुन् । त्यसपछि जान फ्रांक्लिन छैटौं विकेटको रुपमा ३४ रनको पारि खेलेर  आउट भए । उनले ५७ बलमा चार चौकाको मद्दतले ३४ रन बनाएका थिए ।

फ्रांक्लिन आउट हुँदा नामिबियाले ६ विकेट गुमाएर ३२.२ ओभरमा १५५ रन बनाएको थियो । सातौं विकेटको रुपमा जान निकोलस रनआउट भए ।

निकोलसले ४३ बलमा दुई छक्का र छ चौका प्रहार गर्दै ४९ रन जोडे । यसैगरी जेन ग्रीनले २२ तथा रुवने ट्रम्पलम्यानले नटआउट २३ रन जोड्दा नामिबियाले २०० प्लसको स्कोर गर्न सफल भयो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १ : ५१ बजे