Logo

खेलकुद

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेदरल्याण्ड्सविरुद्ध नामिबियाकाे खराब सुरुवात


११ फाल्गुन २०८०, शुक्रबार  

138
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेदरल्याण्ड्सविरुद्ध नामिबियाले खराब सुरुवात गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको नामिबियाले १० ओभरमा २ विकेट गुमाएर ५० रन बनाएको छ ।

बिहीबारको वर्षाले मैदान चिसो हुँदा यो खेल ढिला सुरु भएकाले ४५ ओभरमा घटाइएको छ ।

लिग २ को पहिलो त्रिकोणात्मक शृखंलामा यो पाँचौ खेल हो भने यी दुई टोलीबीच दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ११ : ३३ बजे