काठमाडौं । हङकङमा सम्पन्न त्रिदेशीय टी–२० शृखंलाको उपाधि पपुवा न्युगिनि (पीएनजी) ले जितेको छ । बुधबार हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा सम्पन्न खेलमा नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले उपाधि कब्जा गरेको हो । पीएनजीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो…