काठमाडौं । पूर्व मन्त्री तथा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले तेक्वान्दो खेलको माध्यमबाट राष्ट्रको गौरव बढाउन सकिने बताएका छन् । शुक्रबार ललितपुरमा तेक्वान्दो संघद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालीको शिर उँचो बनाउने सम्भावनाको आधार तेक्वान्दो खेलमा नै रहेको जिकिर गरे । उनले भने, ‘भोलिको दिनमा यो खेलले राष्ट्रको गौरव बढाउने महत्वपूर्ण भूमिका खेल्न सक्छ ।…