काठमाडौं । कोपा अमेरिका फुटबलमा उरुग्वे र पानामाले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । मंगलबार बिहान भएको खेलमा उरुग्वेले अमेरिका र पानामाले बेलेभियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् । उरुग्वेका स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको थियो । अमेरिकाविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको उरुग्वेले निर्णायक गोल दोस्रो हाफमा गरेको हो…