काठमाडौं । पोर्चुगल युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहिबार बिहान भएको खेलमा पोर्चुगल २–० गोलले पराजित भएको हो । तर पराजित भए पनि पोर्चुगल समूह बिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगल र टर्की समान ६–६ अंक भएको थियो ।…