Logo

कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान सकिएको खेलमा कोलम्बियाले कोस्टारिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एक खेल अगावै अन्तिम ८ मा स्थान बनाएको हो । समूह डीमा कोलम्बिया ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोस्टारिकाको पहिलो हार हो । यसअघिको खेलमा कोस्टारिका ब्राजिलसँग बराबरीमा रोकिएको थियो…