काठमाडौं । नेपाल गल्फ संघले ११औँ नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आगामी मंगलबारदेखि गोकर्ण गल्फ क्लबमा आयोजना गर्ने भएको छ। ७२ पारको मैदानमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता जेठ २० देखि २२ गतेसम्म चल्नेछ। संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। संघका अध्यक्ष टासी घले र महासचिव दीपक आचार्यले प्रतियोगिताको रूपरेखा सार्वजनिक…