काठमाडौं, २१ मंसिर : नेपाली काँग्रेसको संस्थापन इतर समूहका नेताहरु चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बैठक बसिरहँदा गणेशमान सिंहको तस्बिर प्रष्ट देखिन्थ्यो । सिंह उनै हुन् जसले २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहबाट प्रधानमन्त्री बन्न प्रस्ताव आउँदा त्यागेका थिए । उनले काँग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन राजा वीरेन्द्रसामु आग्रह गरेका थिए…