Logo

मुख्य समाचार

स्‍वयम्भूबाट पूजा गरिरहेकै बेला आकाश भैरवको मूर्ति चोरी



२१ मङ्सिर, काठमाडौं : स्‍वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी भएको छ। मंगलबार बिहान हलचोकस्थित आकाश भैरव मन्दिरको मूर्ति चोरी भएको हो। पुजारीले पूजा गरिरहेका बेला केही व्यक्ति मन्दिर प्रवेश गरी जबरजस्ती मूर्ति लगेका हुन्।

नागार्जुन नगरपालिका ३ मा रहेको मन्दिरबाट मूर्ति चोरी भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी मिलन केसीले जानकारी दिए। भने `मूर्ति चोरी भएको हो। हामी खोज्दैछौं।`

सो मूर्ति ३ सय वर्ष पुरानो भएको बताइएको छ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १२ : ३४ बजे