वीरगञ्ज । स्थानिय निकायमा समावेशी जनप्रतिनिधित्व हुनुपर्ने अनिवार्य संवैधानिक व्यवस्था पर्सा जिल्लाका नेता पत्नीका लागि भने राम्रै फापेको छ । ठुलो एवम् सबैभन्दा पुरानो इतिहास बोकेको नेपाली काँग्रेस, कम्युनिष्टदेखि मधेसी दलहरूका नेताले उपमेयरको उम्मेदवारमा आफ्नै श्रीमतीलाई अगाडि सारेका छन् । मुख्यमन्त्री लालबाबु राउत गद्दीको आफ्नै पैतृक गाउँ जगनाथपुर गाउँपालिकाकी उपाध्यक्ष दुई हप्ता अगाडि नेकपा माओवादीमा…