काठमाडौं । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक नेतृत्वले आफ्नो स्वार्थ अनुकूल पत्रकारितालाई प्रयोग मात्र गरेको तर पत्रकारिता क्षेत्र समस्यामा पर्दा साथ नदिएको बताएका छन् । सोमबार प्रेस चौतारी नेपालको स्थापना दिवस पारेर काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिले साँच्चै पत्रकारिता जगत समस्यामा परेको बताए । राजनीतिक नेतृत्वले पत्रकारितालाई आफू अनुकूल प्रयोग गर्दै आएर यो क्षेत्रको…