काठमाडौं । १६ जेठको बुधबार साँझ काठमाडौंको बुढानिलकण्ठ केन्द्रविन्दु भएर उठेको राजनीतिक भूकम्पले सत्तागठबन्धनलाई बेस्सरी नै हल्लाएको छ । त्यसको परकम्पले सत्ताका अन्तरकुन्तरमा कपालजत्रा रेशा कोरिएका छन् भने अनगिन्ती परकम्प आउनेक्रम रोकिएको छैन । प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा अवस्थित निजी निवासमा अरु प्रतिपक्षी दलका नेताहरुलाई परामर्शमा निमन्त्रण गरेका थिए…