एक पश्चिमेली चेली जसले आफ्नो खुसी भन्दापनि घरपरिवारको सपनापुरागर्न १२ बर्ष पहिले राजधानी आउँछिन । जसको लामो संघर्ष र छोटो समयको व्यावसायिक उपलब्धिमा दिदी भाई बहिनीहरुको साझा परिश्रमको परिणामस्वरूप आज बिपनाबाट बिपना जी भएकी छिन । आफ्नो स्वतन्त्र पेशाको मालकिन मात्र भएकी छैनन् ,बरु डल्ली चियाको ट्रेडमार्कले आफ्नो छुट्टै पहिचान बनाउन तथा सफलताको फड्को मार्दैछिन्…