काठमाडौं । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको घटनाको कडा निन्दा गरेका छन्। उनले उक्त घटना स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको नाङ्गो आक्रमण भएको बताएका छन्। ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला माथि गरेको बर्बर आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनका श्रीमतीलाई कब्जामा लिएको…