काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका विभिन्न चार मूलुकका नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा जापानका आवासीय राजदूत माइदा तोरु, तुर्कमेनिस्तानका गैर–आवासीय राजदूत शालर गेल्डिनजारोभ, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओका गैर–आवासीय राजदूत बाउमी भान्मानी र इस्लामिक गणतन्त्र इरानका गैरआवासीय राजदूत इराज इलाहीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका…