काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भूमिका बदलेर सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्तालाई दिन तयार रहेको बताएका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने प्रचण्डकै प्रस्ताव रहेको भन्दै यस विषयमा खुला छलफल हुने जानकारी दिए ।…