Logo

मुख्य समाचार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाको दाबी, कांग्रेस र नेकपा एसको समर्थन



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् ।

कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा चौधरीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष आइतबार दाबी पेस गरेका हुन् ।

यसअघि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा नाउपालाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको थियो । कांग्रेसका १८, नाउपाका ४, एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसदको समर्थनमा चौधरीले दाबी पेस गरेका छन् । 

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : २५ बजे