काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले महेश कुमार श्रेष्ठ नेतृत्वको कार्य समिति (आइसीसी) लाई ८३ लाख बढी नगद र केही जिन्सी सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार ललितपुर कुपन्डोलस्थित होटेल हिमालयमा आयोजित हस्तान्तरण कार्यक्रममा उच्च स्तरीय समितिका तर्फबाट कुल आचार्य र सदस्य सचिव जानकी गुरुङलगायतले नवनिर्वाचित समितिका अध्यक्ष…