काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्यमशीलता राष्ट्र परिवर्तनको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै नेपाली युवालाई श्रम समाधानको हिस्सा बन्न आह्वान गरेका छन् । सोमबार काठमाडौंमा आयोजित युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन २०८२ को उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले उद्यमशीलता केवल आम्दानीको माध्यम नभई समाज र राष्ट्र परिवर्तन गर्ने शक्तिशाली ज्वाला भएको बताए । उनले भने,‘उद्यमशील र…