Logo

प्रधानमन्त्रीले राजीनामा नमागेको सञ्चारमन्त्री खरेलको दाबी, राजनीतिक गतिविधिमा संलग्न नरहेको स्पष्टोक्ति

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई राजीनामा दिन निर्देशन दिएको भन्ने समाचारको खण्डन गरेका छन्। उनले आफू कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले ऊर्जा मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री खरेललाई राजीनामा दिन निर्देशन दिएको खबर बाहिरिएको थियो।…