काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (पुस १) बेलुका ७ बजेदेखि मतदान हुने भएको छ । पार्टी निर्वाचन आयोगका अनुसार मतदान राति १ बजेसम्म चल्नेछ । यसअघि आयोगले दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरेको भए पनि आन्तरिक तयारी पूरा नभएकाले समय सारिएको हो । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिने…