आजभोलि सर्सर्ती हेर्दा समाजमा धर्मप्रति रुचि बढेको देखिन्छ, जिज्ञासा बढेको देखिन्छ तर साथै विभिन्न रुपमा धार्मिक व्यवसाय पनि बढेको देखिन्छ । सामान्यतः मूल्यांकन गर्दा जुन रूपमा धर्मचर्चा, धर्मचिन्तन, योग चिन्तन, मोक्ष चिन्तन वा आध्यात्मिक संवाद देखिन्छन् सबै सकारात्मक नै छन् जस्तो लाग्छ । तर गहिरिएर जाँदा के साँच्चिकै श्रद्धालु जिज्ञासुहरूको संवाद बढेकै हो त ?…