काठमाडौं । लोकतन्त्र आधुनिक राजनीतिक व्यवस्थाको प्रमुख शासन–पद्धति भए पनि यसको प्रभावकारिता केवल संविधान, निर्वाचन, राजनीतिक दल र संस्थागत संरचनाको उपस्थितिबाट सुनिश्चित हुँदैन । लोकतन्त्रको वास्तविक सफलता नागरिकको चेतना, नेतृत्वको नैतिकता, संस्थाहरूको जवाफदेहिता र सामाजिक व्यवहारमा अभिव्यक्त हुने लोकतान्त्रिक संस्कारमा निर्भर हुन्छ । त्यसैले लोकतन्त्रलाई केवल शासन गर्ने प्रविधिका रूपमा बुझ्नु पर्याप्त हुँदैन यसलाई जीवनपद्धति,…