काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभर टेलिग्राम एपको पहुँचमा रोक लगाएको छ। प्राधिकरणले सोमबार सूचना जारी गर्दै सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकहरुलाई एप बन्द गर्न निर्देशन दिएको हो। सूचनामा उल्लेख भएअनुसार टेलिग्राम एपमार्फत अनलाइन ठगीका गतिविधिहरू तीव्र रुपमा बढिरहेको र सम्पत्ति शुद्धीकरण लगायत गम्भीर आपराधिक क्रियाकलापमा समेत यसको प्रयोग भएको जनाइएको छ। प्राधिकरणले भनेको छ, “सम्पत्ति…