काठमाडौं । रक्षामन्त्री मानवीर राईले समकालीन राजनीति र साहित्यको भूमिकाबारे धारणा सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा आयोजित कवि उमेश अकिञ्चनद्वारा लिखित कविता संग्रह ‘सायद किनाराहरु’को लोकार्पण गर्दै मन्त्री राईले अहिलेको समयमा राजनीतिज्ञ र कर्मचारीहरूमाथि आलोचना र गालीको संस्कृति हावी भइरहेको बताएका हुन् । उनले भने, ‘आज देशमा राजनीतिकर्मीहरुलाई, कर्मचारीलाई गाली गर्ने गरिन्छ । कति…