काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले विद्युत उत्पादन, प्रसारण, वैकल्पिक ऊर्जा, सिँचाइ तथा नीतिगत सुधारका क्षेत्रमा मन्त्रालयले गरेको उपलब्धि प्रस्तुत गरेका हुन् । मन्त्री खड्काले २०८१ असार ३१ गते ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेका थिए ।…