काठमाडौं । आज सुरक्षित इन्टरनेट दिवस ‘एआई संचालित इन्टरनेटमा स्मार्ट प्रविधि, सुरक्षित विकल्पहरू’ भन्ने नाराका साथ मनाइँदैछ । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ । युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको…