मकवानपुर । लगातारको वर्षाले हेटौंडा–काठमाडौ जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ वर्षायामभरि बारम्बार अवरुद्ध हुने र पुनः सञ्चालनमा ल्याउने क्रम दोहोरिइरहेको छ । बाढी, पहिरो, र नदी कटानका कारण यो सडकखण्डमा नियमित रुपमा सवारी सञ्चालनमा समस्या आइरहेको छ । गत जेठदेखि असारसम्म सक्रिय मनसुनसँगै कान्तिलोकपथ सडकका विभिन्न स्थानमा पहिरो र कटानका कारण सवारी आवागमन अवरुद्ध भइरह्यो ।…