काठमाडौं । त्रिपुरेश्वर, भोटेवहाल, थापाथली, सुन्धारा, बबरमहललगायत काठमाडौं महानगरपालिका वडा नम्बर ११ का सबैजसो ठाउँमा ढल निकास प्रणाली निर्माण गरेर पानीको निकास दिने कामलाई प्राथमिकतामा राख्नु पर्ने वडाबासीले माग गरेका छन् । ढलको आकार बढाउनु पर्ने, सफा गरेर पानीको निकास निर्वाध बनाउनु पर्ने माग राख्दै उनीहरुले बाढीजन्य विपदबाट आफूहरुलाई डर लागि रहेको बताएका हुन् ।…