काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका नेता अनिल कुमार झाको नेतृत्वमा नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाले पुनर्गठित पार्टीलाई बुधबार निर्वाचन आयोगले औपचारिक मान्यता दिएको जानकारी दिए। झाले १२ बुँदे सैद्धान्तिक प्रतिबद्धता सार्वजनिक गर्दै मधेश आन्दोलनका शहीदहरूको सम्मान, महिला, दलित, मुस्लिम, आदिवासी–जनजाति, पिछडिएको वर्गलगायत सबै वञ्चित समुदायको…