काठमाडौं । भारतको राजस्थान राज्यको दौसामा पिकअप र ट्रेलर ठोक्किँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । मृतकमध्ये सात महिला र तीन बालबालिका छन् । गम्भीर घाइतेमध्ये आठ जनालाई जयपुरस्थित एसएमएस अस्पतालमा पुर्याइएको छ, जसमा पाँच जनालाई आईसीयूमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटना खाटु श्याम मन्दिरबाट फर्कने…