काठमाडौं । संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारवाही र सो सम्बन्धका बारेमा छलफल गरेको छ । शुक्रबार बसेको उक्त समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाबारे छलफल गरेको हो । बैठकको छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोगका…