जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरेका छन् । उपमहानगरपालिकाका उपमेयर किशोरी साहले रक्सी खाएर कर्मचारीहरुलाई गाली गरेको भन्दै कर्मचारीहरुले मंगलबार (आज) पेन डाउन गरेका छन् । सोमबार (हिजो) घटस्थापनाको दिन प्रत्येक वर्ष झैं उपमहानगरपालिकाबाट कलश यात्रा निकालिएको थियो । सो यात्राबाट फर्केर आएका महिला कर्मचारीसहित उपमहानगरपालिकका अन्य कर्मचारीहरु पालिका प्राङ्गनमा निर्माण गरिएको टेन्टमुनि…