काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक अतिक्रमणबारे कुरा उठाउन आग्रह गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल चीनतर्फ लागेपछि सामाजिक सञ्जालमार्फत उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण गरेको भन्दै यसबारे कुरा उठाउन आग्रह गरेका हुन् । उनले…